सुनिशासँग राजले कसे लगनगाँठो  « Khabarhub

सुनिशासँग राजले कसे लगनगाँठो 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाँस्य टेलीफिल्म ‘तीतो-सत्य’ मा राज बनेर अभिनय गरेका राज आचार्यले अभिनेत्री सुनिशा बजगाईंसँग विवाह गरेका छन् ।

टेली फिल्ममा दीपक राज गिरी र दीपाश्री निरौलाको छोरा बनेर लामो समय अभिनय गरेका राजले सुनिशासँग आज विवाह गरेका हुन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका हुन् ।

रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरूले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ । सुनिशाले अघिल्लो मंगलबार मात्र फोटो राख्दै विवाहका लागि स्वीकृति दिएको सङ्केत दिएकी थिइन् ।

दुई हप्ता अघि जन्मदिन परेकी सुनिशालाई राज आचार्यसँगै दीपाश्री निरौलाले पनि ‘बुहारी ह्रयाप्पी बर्थ डे’ भन्दै सुनिशालाई शुभेच्छा दिएपछि यी दुईको विवाहको चर्चा सुरु भएको थियो । अभिनय छाडेर पढ्न गएका राजले चार्टर्ड अकाउन्ट सकाएका छन् ।

बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ । बर बधू पहिरनमा राज र सुनिशा खुसी र आकर्षक देखिएका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : २९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब