यस कारण निर्माता बने सौगात  « Khabarhub

यस कारण निर्माता बने सौगात 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्ल फिल्म निर्माणमा डेब्यु गरेको फिल्म ‘राधा’ मा अन्य अभिनेताले पनि साथ दिएका छन् । फिल्ममा सौगातसँगै निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव जस्ता अन्य अभिनेता पनि छन् । आफ्नो निर्माणमा डेब्यु रहेको फिल्ममा अन्य अभिनेताले साथ दिँदा सौगात दङ्ग छन् । ‘मलाई कथा मन परेर फिल्म निर्माणमा जोडिएको हुँ ।

 फिल्ममा काम गर्ने भनेर तयार परिएको कथामा आफू परिसकेपछि निर्माता बनेको हुँ’ सौगातले भने । उनले आफ्नो आग्रहलाई स्विकार्दै स-सानो रोलमा समेत निश्चल, खगेन्द्र र दयाले अभिनय गरिदिएकोमा खुसी छन् ।

‘हाम्रो फिल्मको कथाले पात्रलाई बलियो बनाएको छ । कथा मात्र नभई पटकथा पनि बलियो छ । यसलाई स्टारडमले छोप्दैन’ सौगातले भने । सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्ममा अभिनेता तर्फ थियटरका बलिया अभिनेताहरू छन् । ‘म फिल्मबाट नै चिनिएको हुँ । त्यसैले यही केही गरौँ भन्ने थियो । राधामा जुरेको हो’ सौगातले भने । उनले राम्रो कथालाई आर्थिक अभावमा कागजमै थन्किएको देख्न नसक्ने भएकाले निर्माताको रूपमा अगाडी आएको बताए ।

भाद्र २४ लाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘राधा’ प्रिपोन्ड  हुँदै दुई साता अगाडि भाद्र १० मा प्रदर्शनमा आउने भएको हो । सुवर्ण थापा निर्देशित यो फिल्म अब भदौ १० मा प्रदीप ‘प्रकाश’ सँग भिड्ने छ । थिएटर पृष्ठभूमिकामा कलाकारको बाहुल्य रहेको फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ आदिको पनि अभिनय देख्न सकिन्छ ।

यसै फिल्म मार्फत निर्माता बनेका सौगातले तीन महिना अन्य फिल्मको कामबाट विश्राम लिँदै ‘राधा’ लाई समय दिने भएका छन् । आफैँ निर्माता भएकाले पनि उनी अन्य फिल्मको काम सारेर ‘राधा’मा व्यस्त हुँदै छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ०२ बजे

जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन– गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– सोमबार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले