हङकङको पानीमाथि ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ दक्षिण चीन सागरमा डुब्यो « Khabarhub

हङकङको पानीमाथि ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ दक्षिण चीन सागरमा डुब्यो


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङको महत्वपूर्ण पहिचान मानिने ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ डुबेको छ । विगत ५० वर्षदेखि सञ्चालनमा रहेको जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा दक्षिण चीन सागरमा डुबेको उक्त रेस्टुरेन्ट सञ्चालक कम्पनीले जानकारी दिएको छ ।

रेस्टुरेन्टको सञ्चालक कम्पनी अबेरदिन रेस्टुरेन्ट इन्टरप्राइजेजका अनुसार रेस्टुरेन्ट आइतबार दक्षिण चीन सागरको पारासेल द्विप क्षेत्रनजिकै डुबेको हो । रेस्टुरेन्टलाई लैजाने क्रममा खतरनाक अवस्थाको सामना गरिएको र त्यहाँ पानी पस्न थालेको कम्पनीले जनाएको छ ।

दुर्घटनास्थलमा पानीको स्तर १ हजार मिटर भन्दा धेरै रहेका कारण रेस्टुरेन्टलाई जोगाउन नसकिएको कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाप्रति दुख व्यक्त गरेको छ । यद्यपि घटनामा चालक दलको कोही सदस्य पनि घाइते नभएको कम्पनीले जनाएको छ ।

अज्ञात स्थानतर्फ लैजानुअघि समुद्री इन्जिनियरहरुले रेस्टुरेन्टको राम्रो निरीक्षण गरेको र आवश्यक सबै स्वीकृति प्राप्त गरिएको रेस्टुरेन्ट सञ्चालकले जनाएको छ । नयाँ सञ्चालकलाई हस्तान्तरण गर्नका लागि यसलाई अज्ञात स्थानतर्फ लगिएको कम्पनीले जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारीका बेला सन् २०२० मार्च महिनादेखि यो रेस्टुरेन्ट बन्द रहेको थियो । उक्त रेस्टुरेन्टमा ३० लाख भन्दा धेरै मानिसहरु पुगेको बीबीसीले जनाएको छ ।

यस रेस्टुरेन्टमा बेलायती महारानी एलिजावेथ, प्रख्यात हलिउड अभिनेता टम क्रुज र बेलायती धनाढ्य रिचर्ड ब्रानसनले पनि परिकार चाखिसकेका थिए । यद्यपि यो रेस्टुरेन्ट सन् २०१३ यता घाटामा चलिरहेको बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : २३ बजे

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव