शिल्पाले स्विकारिनन् 'अपने २' ? | Khabarhub Khabarhub

शिल्पाले स्विकारिनन् ‘अपने २’ ?


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै समय बलिउडमा हिट अभिनेत्रीको ट्याग पाएकी शिल्पा शेट्टीको अहिलेको समय ठीकठाक छैन । टेलिभिजन शोमा जज बन्दै पुनः दर्शकसामु उदाएकी शिल्पाले दर्शक माझ पहिचान बनाइन । यद्यपि उनलाई पैसा तिरेर उनको फिल्म हलसम्म पुगेर हेर्ने कष्ट दर्शकले गरेनन् । ‘हंगामा २’ मार्फत ठूलो पर्दामा कम ब्याक गरेकी शिल्पाले दोस्रो फिल्म ‘निकम्मा’ मा पनि सफलता पाउन सकिनन् ।

शिल्पालाई दोस्रो फिल्म ‘निकम्मा’ ले पनि निराश बनाएको छ । ५० करोड हाराहारी लगानीमा बनेको यो फिल्मले पहिलो दिन ७५ लाखको व्यापार गरेको थियो । प्रदर्शनको चौथो दिनसम्ममा यो फिल्मले पनि जम्मा २ करोडको व्यापार गरेको समाचार छ । रियालिटी शो मा पुग्ने बलिउडकर्मी र दर्शकले दिने प्रतिक्रियाले हौसिएकी शिल्पा पुनः सानो पर्दामै क्रियाशील हुने सङ्केत देखिएको छ । उनी ठुलो पर्दामा पाइरहेको असफलताले बलिउड यात्रालाई सिरिज तर्फ मोड्ने सङ्केत गरेको छ ।

शिल्पाले आफूद्वारा अभिनीत फिल्म ‘अपने’ को सिक्वेलमा काम नगर्ने सङ्केत गरेकी छिन् । धर्मेन्द्र, सनी देओल र बबी देओलको अभिनय रहने फिल्मलाई अनिल शर्माले निर्देशन गर्दैछन् । फिल्ममा शिल्पालाई सनीको श्रीमतीको भूमिका अफर गरिएको थियो । फिल्मको अफर निर्देशक शर्माले गरेका थिए । यद्यपि फिल्म मार्फत लगातार फ्लप भइरहेकी शिल्पाले डेट अभाव हुने सङ्केत गरेकी छिन् ।

हाल रोहित शेट्टीको निर्देशनमा तयार भइरहेको सिरिजमा व्यस्त शिल्पा फिल्मलाई समय दिन चाह्दिनन् । शिल्पाले निर्देशक शर्मालाई ‘नो’ भन्ने सङ्केत गरेपछि सनी आफैँले कुरा गर्ने भएका छन् । सनीको प्रस्ताव पश्चात् शिल्पाले के भन्छिन् रु यो थाहा पाउन केही समय प्रतीक्षा गर्नु पर्नेछ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : २७ बजे

दोलखामा भालु आतंकः एकको मृत्यु ४ घाइते, त्रास कायमै

दोलखा– पछिल्लो केहि महिनादेखि दोलखामा जंगली जनावर भालु आतंकसँगै आक्रमणले

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि मैदान (तस्बिरहरू)

काठमाडौं – सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि

सुटुक्क हलमा लागेर तीन दिनमै उत्रियो सुरक्षा पन्तको फिल्म ‘धागो’

काठमाडौँ– यसलाई अलि राम्रो बनाएर पुनर्लेखन गरकाठमाडौं( प्रचार–प्रसारमा ध्यान नदिएको

ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि क्रिकेट

आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि