योगलाई खेलकुदसँग जोड्नुपर्छ : महेश्वर गहतराज | Khabarhub Khabarhub

योगलाई खेलकुदसँग जोड्नुपर्छ : महेश्वर गहतराज


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । 

No description available.पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफलिभिङले वल्र्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अथक योगाभ्यासमा समेत सहभागी भएका थिए । 

No description available.हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ०० बजे

भिरमहको उत्पादन घट्यो

म्याग्दी- म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको

रोमाञ्चक बन्दै विश्वकप छनोट

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप

भयलाई चेतनामा बदल्दै : सर्प उद्धारक रमेश

उर्लाबारी– साँझपख मोरङको उर्लाबारीमा एक घरको भान्साकोठाबाट हल्ला मच्चियो ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

पर्सा– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा