नेप्से परिसूचकको पहिरो थामियो « Khabarhub

नेप्से परिसूचकको पहिरो थामियो


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक उकालो लाग्दा खडेरीमा पानी परे जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३९.९३ अङ्कले उकालो लागेर एक हजार ९२४.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ८.९० अंकले उकालो लागेर ३७५.०९ मा पुगेको छ ।

कूल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर रु एक अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१५ बराबरको कारोबार भयो । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १७.१४, व्यापार ४२.०३, होटल तथा पर्यटन ५०.५७, विकास बैंक ११५.७७, जलविद्युत् ६१.८१, वित्त ४८.९८, निर्जीवन बीमा १५४, उत्पादन ९१.८४, अन्य ३८.२७, लघुवित्त ९१.८८, जीवन बीमा २०३.१८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.८५ अङ्कले उकालो लागेका छन् ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त ८.९८ र रिभर फल्स पावरका लगानीकर्ताले ८.८८ प्रतिशतले कमाए । नबिल ब्यालेन्सफ फण्ड २.९३, तेह्रथुम पावर कम्पनी २.८७, एनआइसी एशिया ब्यालेन्स फण्ड २.५९, लक्ष्मी इक्विटी फण्ड २.५० र एनएमबी–५० का लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ०१ बजे

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न