जुम्लामा प्रकोपबाट क्षति भएका पशुपंक्षीका लागि ८ लाख राहत | Khabarhub Khabarhub

जुम्लामा प्रकोपबाट क्षति भएका पशुपंक्षीका लागि ८ लाख राहत


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपंक्षीको लागि राहत वितरण गरिने भएको छ । सोमबार जिल्ला स्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त भएको राहत कार्यविधि अनुसार ८ लाख उपलब्ध गराइने भएको हो  ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई र प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यको प्रमुख आतिथ्यमा बसेको जिल्ला स्तरको बैठकले पशु सेवा तथा पशु अस्पताल कार्यालय जुम्लाले कार्यविधि अनुसार तयार पारेको राहत उपलब्ध गराउने निर्णय भएको छ  ।

त्यस्तै पशु सेवा तथा पशु अस्पताल कार्यालय जुम्लाले आर्थिक वर्ष २०७८।०७९ मा गत २०७८ साउन देखी हाल सम्म क्षति भई प्रहरीको मुचुल्का अनुसार पुष्टि भई आएका भेडा, पाठापाठी, बाख्रा खसी, गाई गोरु, कुखुरा, माछा पोखरीको क्षतिमा पाउने राहत जानकारी गरेको थियो ।

त्यस्तै कार्यालय प्रमुख गोविन्द बहादुर महतले प्रस्तुत गर्नुभएको राहत मापदण्ड अनुसार कार्यालयलाई आएको नौ लाख मध्य आठ लाख वितरण गर्ने निर्णय भएको छ । एक लाख भने असार अन्तिम सम्ममा केही क्षति भएमा वितरण गरिने भएको छ ।

कार्यालय प्रमुख महतका अनुसार २०७८ कार्तिक २ गते प्राकृतिक प्रकोपले सबैभन्दा बढी क्षति भएका तातोपानी गाउँपालिका वडा नम्बर ७ का किसानका भेडाको क्षति भने संघीय सरकारले राहत दिने भएको छ ।  ताम्ति क्षेत्रका ९ जना किसानका १ सय४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए ।

त्यस्तै बैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो राहत भए पनि उपलब्ध हुने भएकोमा राम्रो भएको बताए ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले लामो समय देखीको प्रयासमा किसानले पाउने पशुपंक्षीको राहतका लागि निर्णय भएको र चाडै खातामा हाल्न कार्यालयलाई निर्देशन गरे । पशु अस्पताल तथा पशु सेवा कार्यालयले गत आर्थिक वर्षमा रु १४ लाख राहत वितरण गरिएको जानकारी गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ०८ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको