भारतीय नम्बर प्लेट भएको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु « Khabarhub

भारतीय नम्बर प्लेट भएको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ का मनिष राना मगर रहेका छन् । भारततर्फ जाँदै गरेको यूपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले बालकलाई ठक्कर दिएको  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

ठक्करबाट घाइते भएका बालकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  मोटरसाइकल र चालक मनिष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : २२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल