खोलाले बगाउँदा बालकको मृत्यु, दुई घाइते « Khabarhub

खोलाले बगाउँदा बालकको मृत्यु, दुई घाइते


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । 

 पातल खोला तर्ने क्रममा परशुराम–११ स्थित पशुपतिनाथ प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए । उनी विद्यालयबाट घर फर्किँदै थिए । 

खोला तर्ने क्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत गोपाल साउद तथा कक्षा ८ मै अध्ययनरत रेसम साउद घाइते भएका छन् । बोहरालाई पिठ्यूमा राखी खोला तार्ने क्रममा गोपाल घाइते भएको प्रधानाध्यापक जोशीले जानकारी दिए । घाइते दुवैको स्थानीयवासीले उद्धार गरेका थिए । 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ५७ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको