भैरहवामा बाल सुधार गृहमा रहेका बालकलाई स्थानान्तरण गर्न खोज्दा प्रहरीमाथि आक्रमण | Khabarhub Khabarhub

भैरहवामा बाल सुधार गृहमा रहेका बालकलाई स्थानान्तरण गर्न खोज्दा प्रहरीमाथि आक्रमण


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । अत्याधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थाना्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरीमाथि नै आक्रमण गर्दा रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भएका छन् ।

डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागे पछि उपचाररत छन् । कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो ।

आज स्थानान्तरण गर्न खोज्दा उनीहरुले अनेक गतिविधी गरी प्रहरी माथिननै आक्रमण भएको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

‘बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनिय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौ, ठूलाहरुले साना किशोर माथि दमन गर्दै पनि आएका थिए’ बाल सुधार गृह प्रमुख गौतमले भनिन् ।

जान्न भन्दै किशोरहरु आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए ।

उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएपछि दमकलले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : २९ बजे

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

पर्सा– पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा

जनकपुरमा रेल र कार ठोक्किए

महेन्द्रनगर– जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

कृषि विकास बैंकको नाफा बढ्यो

काठमाडौं– कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०-८१ को

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन

एजेन्सी – गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन