जिल्ला समन्वय समिति हुम्लाका प्रमुखमा शिवराज शर्मा निर्विरोध निर्वाचित « Khabarhub

जिल्ला समन्वय समिति हुम्लाका प्रमुखमा शिवराज शर्मा निर्विरोध निर्वाचित


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला समन्वय समिति हुम्लाको प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।

आजका लागि तोकिएको निर्वाचनका लागि नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्विरोध निर्वाचित नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलु फडेरा रहेका छन् ।

त्यसैगरी, सदस्यहरुमा नेपाली कांग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही र धीरबहादुुर सिंह निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट चुदी जाङ्मुु तामाङ,  कर्ण दमाईलगायत विजयी भएका छन् ।  यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : २० बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको