काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्न नहुने टिप्पणी गरेका हुन् । आजै सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा लामिछानेले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिइसकेका छन् ।
कानुनत स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार रहेको भन्दै थापाले व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको धारणा राखे ।
तर, यस्तो अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित रहेको उनको टिप्पणी छ । स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नु नहुने उनको तर्क छ ।
प्रतिक्रिया