भारतीय हुण्डी कारोबारी साढे ४१ लाख रुपैयाँसहित पक्राउ « Khabarhub

भारतीय हुण्डी कारोबारी साढे ४१ लाख रुपैयाँसहित पक्राउ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – ठूलो परिणामको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

भारतीय नम्बर प्लेट बीआर ०५ एन ०२३८ को हिरोहोण्डा ग्ल्यामर मोटरसाइकलको सिटमुनि र तेल ट्यांकीभित्र लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा ४१ लख ५५ हजार नगदसहित उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट बुधबार पक्राउ परेका हुन्।

स्रोत नखुलेको उक्त परिणामको नगदसहित पक्राउ परेका भारतको बिहारस्थित पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ११ बस्ने राकेश कुमारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

गत आर्थिक वर्षमा पर्सामा एक करोड ६५ लाख १३ लाख ६२० रुपैयाँसहित २२ हुण्डी कारोबारी पक्राउ गरेको पर्सा प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : ५३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल