भारत भ्रमणबाट फर्केपछि कांग्रेससँग प्रचण्डको बार्गेनिङ | Khabarhub Khabarhub

भारत भ्रमणबाट फर्केपछि कांग्रेससँग प्रचण्डको बार्गेनिङ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अचानक भारत भ्रमण जानु, भ्रमणबाट फर्किएर पुरानो नेकपाका नेताहरूसँग भेट्नु र कांग्रेस पार्टी बैठकका निर्णय राम्रो भन्नु प्रचण्डको संयोग होइन । यी सबै योजना प्रचण्ड स्वयंमले चाहेर एकपछि अर्को गरी भइरहेका छन् ।

भारत भ्रमण सकेर फर्किएका प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न पाएनन् । तर उनले सो भेट पाएको भए आफू नै अबको प्रधानमन्त्री भनेर किटान गर्न सक्थे । दक्षिणको साथ सहयोगले उनी चिनियाँ पक्षलाई लत्त्याउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सोझो रुपमा सहमति अगाडि बढाउन सक्थे ।

तर उनले अहिले त्यसो गरेका छैनन् । मात्रै कांग्रेसभन्दा बढी कम्युनिष्ट पार्टीका नेताहरूसँग एकपछि अर्को गरी परामर्श गरिरहेका छन् । यो भनेको उनले आफूलाई कम्युनिष्ट पार्टीका नेताहरुको पनि नेता बनाएर चुनावमा कांग्रेससँग कडा रुपमा बार्गेनिङ गर्ने ‘टूल’ हो भन्ने कुरा बुझ्न गाह्रो छैन ।

सिधा रुपमा प्रचण्ड आगामी चुनावपछि एकपटक प्रधानमन्त्री बन्न चाहन्छन् । माओवादी पछिल्लो पाँच वर्षमा सत्ताको नेतृत्वमा छैन । यसको छटपटी प्रचण्डमा छ । त्यो भन्दा पनि माओवादी सत्ताकै वरिपरि रहेर पनि सत्तामा रमाउन सकेको छैन ।

यसको छटपटी प्रचण्डमा बढी छ । सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएका प्रचण्डले दोस्रो पटक कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री बनाएका छन् । तत्कालीन प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याउन राजनीतिक खेल खेलेका प्रचण्डले बुढानिलकण्ठबाट देउवालाई बालुवाटार राख्न पनि काँध थापेका व्यक्ति हुन् ।

उनी आफूलाई आगो बताउने गरेका छन् । आगोसँग खेल्ने सबैलाई जलाइदिने पनि उनको चेतावनी छ । तर आफै घरी आगो, घरी पानी हुने गरेका प्रचण्ड मौसमी बायु जस्तै नेता हुन् । उनी कति बेला सत्ता र स्वार्थका लागि फेरिन्छन्, त्यो थाहै हुँदैन ।

उनी सत्ता र स्वार्थ केन्द्रित हुँदा माओवादी पार्टी धुँजाधुँजा भइसकेको छ । माओवादी पार्टी विकेन्द्रित हुँदा यसको सबैभन्दा ठूलो घाटा प्रचण्डलाई नै छ । तर पनि उनले अझै पनि माओवादीलाई बनाउनेभन्दा सत्तालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

यसले ढिलोचाँडो प्रचण्डको शक्ति अझै ध्वस्त हुने सम्भावना छ । किनभने उनी आफू प्रधानमन्त्री बन्नका लागि जस्तोसुकै शक्ति खर्चिन पनि तयार छन् । अझै धेरै कार्यकर्ताको योगदानलाई पैतालामा कुल्चिन तयार देखिरहेका छन् ।

यसको तत्कालको असर प्रचण्ड भारत भ्रमणबाट फर्किएपछिको हो । मंगलबार सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन्।

यो भनेको प्रचण्ड एक्ला एक्लैभन्दा कम्युनिष्ट पार्टीको झुण्ड लिएरै कांग्रेससँग बार्गेनिङ चाहन्छन् । जसले गर्दा बढीभन्दा बढी सिट लिन सकेर भोलि कांग्रेसलाई टक्कर दिन सकियोस् । यसको उनले भारत भ्रमणलाई हतियार बनाएका छन् ।

आफूलाई भारतको समेत समर्थन रहेको बताउँदै प्रचण्डले कांग्रेसलाई निर्णायक सम्झौताका लागि दबाब बढाइरहेका छन् । तत्काललाई कांग्रेसले आफूसँग १०० सिट राखेर बाँकी गठबन्धनका दललाई ६५ सिट दिने तयारी गरेको छ । यसमा सबैभन्दा ठूलो हिस्सा पाउने प्रचण्ड नै हुन् ।

तर पनि प्रचण्ड आफूसँगै अरुलाई पनि ठूलो हिस्साका लागि उक्साइरहेका छन् । यसरी आकार ठूलो बनाएर कांग्रेससँग दबाब बढाउने र आफू प्रधानमन्त्री बन्ने बाटो खोल्ने प्रचण्डको भित्री रणनीति छ । अब त्यसलाई कांग्रेसले ‘डिल’ गर्छ, त्यसैमा प्रचण्डको राजनीतिक कोर्स निर्भर छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : ०० बजे

‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल

रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुलुक ढकालले पार्टी सुधार्ने आफ्ना

चिसापानी बजारको मुख्य सडकमा ढलान

खोटाङ– जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारको  मुख्य सडक ढलान गर्ने काम

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा– नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह