डुङ्गेश्वर गाउँपालिकामा लागेको ताला खुल्यो « Khabarhub

डुङ्गेश्वर गाउँपालिकामा लागेको ताला खुल्यो


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेखको डुङ्गेश्वर गाउँपालिका कार्यालयले निस्कासन गरेका कर्मचारीले लगाएको ताला खुलेको छ । करार नवीकरण गर्न दबाबस्वरूप उनीहरूले सोमबार ताला लगाएका थिए ।

गाउँपालिकाका अध्यक्ष एवं करार कर्मचारीबीच छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले बुधवार दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । गाउँपालिकामा लगाएको ताला खुलेको र निर्वाध रुपमा गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सुचारु भएको उनले बताए ।

३० असारमा बसेको गाउँ कार्यपालिकाको बैठकको गाउँपालिकाबाट तलबभत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरुको १ साउनबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

बैठकले करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गर्ने सम्बन्धमा गाउँपालिकाको करार कर्मचारी कार्यविधिअनुसार म्याद थप गर्ने गरी आगामी कार्यपालिकाको बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए ।

गाउँपालिकाले सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरु, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालक बाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका सवारी चालक एक जना, विद्यालय तर्फको गेटपाले, माध्यामिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरपाइजर रकचना खानेपानी आयोजनामा कार्यरत प्लम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नवीकरण नहुने गरी निर्णय भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : ४४ बजे

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने