समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी « Khabarhub

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द सूची बुझाइरहेका छन् ।

आयोगका अनुसार सोमबार साँझसम्म ५५ वटा दलले धरौटी बुझाइसकेका छन् । अन्तिम समय मध्यराति १२ बजेसम्म आयोगभित्र प्रवेश गरेकालाई सेवा दिइने आयोगले जनाएको छ।

सोमबार कार्यालय समयमस्म निस्सा लिइसकेकाहरूलाई मंगलबार कार्यालय समय खुल्दासम्म सूची बुझाउन दिइने भएको छ।

नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) सहितले बन्द सूची बुझाइसकेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी, नेपालले पनि सूची बुझाएका छन् । नागरिक उन्मुम्ति नेपाल, जसपासहितले पनि सूची बुझाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : १२ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ