सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको मृत्यु  « Khabarhub

सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको मृत्यु 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ जम्बुमा सोही नगरपालिका–८ बस्ने २१ वर्षीय दिपक भण्डारीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

त्रिवेणी ब्रमायणी कन्ट्रक्सन प्रालिको स्काईभेटरकको बकेट उठाई  डिजेल हाल्ने क्रममा बिजुलीको तारमा बकेटले छुन जाँदा करेन्ट लागी उनको मृत्यु भएको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–७ सिमराई बस्ने ३४ वर्षीया सबिना बिकको बुधबार करेन्ट लागेर मृत्यु भएको छ ।

ठुलोबुबाको घरबाट आफ्नो घर फर्कने क्रममा बाटोमा लत्रिएको पुरानो तारमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : ५२ बजे

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने