मधेस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै « Khabarhub

मधेस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको हो । 

हाल कोभिड-१९ को सङ्क्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, सङ्क्रमणको शंका भएमा सङ्क्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा छ जना कोरोना सङ्क्रमित पाइएको छ । यसअघि गत मंगलबार पनि मधेस प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

योसँगै मधेस प्रदेशमा कोरोना पोजेटिभको सक्रिय सङ्क्रमितको सङ्ख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, पर्साको वीरगन्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नभेटिएको निर्देशानालयले जनाएको छ । 

यसैबीच, अहिलेसम्म मधेश प्रदेशमा कोरोना सङ्क्रमित भएकामध्ये ९७.४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  २ : ०८ बजे

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने