लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन भदौमा  « Khabarhub

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन भदौमा 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ ।

महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सह-संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज राई छन् ।  

अधिवेशनका लागि १७ जातीय घटक संगठनहरूकाे इन्चार्ज र संयोजक तोकिएको आयोजक कमिटीका संयोजक राईले बताए । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा महासंघको प्रदेश स्तरीय भर्चुअल बैठक बसेको हो । 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  २ : २४ बजे

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने