दुई जनामा डेङगु सङ्क्रमण | Khabarhub Khabarhub

दुई जनामा डेङगु सङ्क्रमण


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको बुधबार पुष्टि भएको हो ।

उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ । घरमा बसिरहेको अवस्थामा लगातार ५÷७ दिनसम्म ज्वरो आएपछि उपचारका लागि आएका उनीहरूमा सङ्क्रमणको शंकामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेङ्गु रहेको पुष्टि भएको हो । दुवै जनाको उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाउँदै गतवर्ष कसैमा पनि पुष्टि नभएको तर त्यसअघि भने सङ्क्रमण देखिएको बताए । सङ्क्रमण देखिनुको अर्थ सबै जना सचेत हुनुपर्ने सूचना मिलेको जनाउँदै उनले लामखुट्टेको टोकाइबाट बच्नका लागि सुझाव दिए ।

बागलुङको तुलनामा पर्वतमा डर मान्नुपर्ने अवस्था नरहेको र यो अवस्था सामान्य जोखिमको रहेको पौडेलको भनाइ छ । बागलुङको मौसमी अवस्था, सहरीकरण र जनसङ्ख्या पर्वतभन्दा जोखिमयुक्त रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  २ : ५६ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो