नेप्से परिसूचकमा झिनो अंककाे गिरावट « Khabarhub

नेप्से परिसूचकमा झिनो अंककाे गिरावट


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.८७ अङ्कले ओरालो लागेर दुई हजार ४४.७२ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अङ्कले ओरालो लागेर ३९१.६४ मा ओर्लिएको छ । कूल २२५ कम्पनीको ३९ लाख आठ हजार ३९५ कित्ता शेयर रु एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ, भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २.२९ र अन्य उपसमूहको शेयर १६.५५ अङ्कले उकालो लागेको छ । व्यापार ३२.६, होटल तथा पर्यटन २०.६३, विकास बैंक ३४.९२, जलविद्युत् १४.२८, वित्त १५.०४, निर्जीवन बीमा ६४.३२, उत्पादन १३.२६, लघुवित्त २१.९८, जीवन बीमा १५०.३४, सामूहकि लगानी कोष ०.०७ र लगानी ०.७२ अङ्कले ओरालो लागे ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १९ अर्ब ७४ करोड १२ लाख २० हजार ६७१ बराबर रहेको छ । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८० लाख बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक रु ११ करोड २२ लाख ६२ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु छ करोड २८ लाख २४ हजार ६३६, हिमालयन डिस्टिलरी रु छ करोड दुई लाख ४९ हजार ७७० र नेपाल एसबीआई बैंक रु चार करोड १२ लाख पाँच हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी ३.१६, जनउत्थान सामुदायिक लघुवित्त २.७४, ग्लोबल आइएमबई बैंकको ऋणपत्र २.७२, नेशनल माइक्रोफाइनान्स २.५७ र गुराँस लघुवित्तका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, आइसीएफसी फाइनान्सको ऋणपत्र ६.७१, किसान लघुवित्त ५.३५, साधाना लघुवित्त ४.४५, सामुदायिक लघुवित्त ३.८३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनीले ३.७२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ३५ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार