स्पेनमा प्रचण्ड गर्मीका कारण एक हप्तामै ६७९ जनाको मृत्यु « Khabarhub

स्पेनमा प्रचण्ड गर्मीका कारण एक हप्तामै ६७९ जनाको मृत्यु


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली मुलुक स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार जुलाई १० देखि १७ सम्ममा गर्मीका कारण ६७९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जुलई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको छ । त्यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरुको ज्यान गएको पाइएको छ ।

उक्त अनुसन्धानबाट स्पेनमा बुधबारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ र गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन् । उनीहरुका अनुसार तातो हावाबाट ज्यान जानेको संख्या थप बढ्न पनि सक्दछ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ३१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी