लिङ्देनको प्रतिवेदन : शान्ति प्रक्रिया त्रुटिपूर्ण, जनता महँगीको मारमा  | Khabarhub Khabarhub

लिङ्देनको प्रतिवेदन : शान्ति प्रक्रिया त्रुटिपूर्ण, जनता महँगीको मारमा 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको शान्ति प्रक्रिया त्रुटिपूर्ण र अपूर्ण रहेको विश्लेषण गरेका छन् ।

काठमाडौँमा बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले  संक्षिप्त तथा प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्य योजना पेस गर्दै विदेशको प्रभावमा रहेको १२ बुँदे सम्झौतासहित शान्ति प्रक्रिया त्रुटिपूर्ण र अपूर्ण रहेको बताएका हुन् ।

संघीयताका कारण जनता महँगीको मारमा परेको उनको विश्लेषण छ ।

आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रिया र महँगीबारे लिङ्देनले लेखेका छन् :

अपूर्ण शान्ति प्रक्रिया

विदेशी प्रभावमा रहेको बाह्र बुँदे मात्र नभएर शान्ति प्रक्रिया पनि उत्तिकै त्रुटिपूर्ण र अपूर्ण रहेको छ । नेपालको द्वन्द्व त्रिपक्षीय थियो — राजसंस्था, सांसदवादी शक्ति र माओवादी, द्वन्द्वका तीन पक्ष थिए । तथापि द्वन्द्वलाई तार्किक निष्कर्षमा पुर्‍याउने पवित्र लक्ष्य लिएको शान्ति प्रक्रियाले, द्वन्द्वको एक सरोकारवाला, राजसंस्थालाई प्रक्रियामा समावेश नै गराएन ।

राजसंस्थालाई बहिष्करण गरेर आरम्भ भएको शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाएको छैन । शान्ति प्रक्रिया अन्तर्गतका सत्य निरूपण र मेलमिलाप अनि बेपत्ता छानबिनको क्रम सम्पन्न हुन सकेको छैन । यस अर्थमा द्वन्द्वरत पक्षबीच सत्य सुन्ने, द्वन्द्वको घाउ मेटेर मन माझामाझ गर्ने, मेलमिलाप गर्ने मौका उपलब्ध नहुँदा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्यो भन्ने अवस्था छैन । यसकारण द्वन्द्व र शान्ति प्रक्रियाका अन्तर्विरोधहरु बेला मौकामा सार्वजनिक हुने गरेको छन् । कथित जनयुद्धको प्रमुख पात्रले नै खुलामञ्चमा उभिएर द्वन्द्वकालीन सत्र हजार नागरिक हत्यामध्ये पाँच हजारको मात्र जिम्मा लिन्छु भन्नु सोही परिस्थितिको द्योतक हो ।

महँगीको मार

खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न सक्दैन भन्ने हाम्रो आफ्नै अभ्यास र अनुभवले दर्साएको छ । जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो छँदै थियो, तीन तहको करले जनताको ढाड भाँचिएकै थियो, अब त जनताको घाउमा नुन चुक दल्ने गरी बजार भाउ आकासिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि दैनिकी बनेको छ । चर्को मूल्य वृद्धि, मुद्रास्फीति कहाँ गएर ठोक्किने हो भन्न सकिने अवस्था छैन । बजार घाटा, वैदेशिक मुद्राको अल्प संचिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालीलाग्दो छ । आर्थिक सुरक्षाको प्रश्न मात्र होइन, शान्ति सुरक्षा, सामाजिक सुरक्षाको क्षेत्रमा पनि सरकार चुकेको छ । निर्मला हत्याकाण्ड, रुकुम हत्याकाण्ड यस मानेमा गम्भीर व्यङ्ग्य भएर खडा भएको छ । एक्काइसौँ शताब्दी अनुकूल वैज्ञानिक युगमा समेत महिला सुरक्षा, महिला सशक्तीकरण र सामाजिक न्यायको खोजी जारी रहनु विडम्बना हो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ५७ बजे

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी

रुखको झिलिमिलीले खोस्यो चराको निद्रा !

काठमाडौं- काठमाडौंको मुख्य शहर मानिने दरबार मार्ग, अनामनगर, सिंहदरबार र

छायाँनाथ राराले ल्यायो ६० करोडको बजेट

छायाँनाथ– मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं– आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा 

काठमाडौं– देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र