जफर पनाहीलाई ६ वर्षको जेल सजाय « Khabarhub

जफर पनाहीलाई ६ वर्षको जेल सजाय


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दई जना छायाँकारको पक्राउको विरोधमा हस्ताक्षर गरेपछि पक्राउ परेका इरानका चर्चित फिल्म निर्देशक जफर पनाहीलाई इरान सरकारले ६ वर्षको जेल सजाय सुनाएको छ ।  इरानी सरकारको भ्रष्टाचारविरुद्ध आवाज उठाएका प्रकरणमा उनी पहिलो पटक जेल भने परेका होइनन्। 

इरानी सरकारको बेथितिविरुद्ध आवाज उठाउँदै आएका पनाहीलाई सरकारले सन् २०१० मै ६ वर्षको सजाय सुनाएको थियो । तर दुई महिना जेल सजाय काटेपछि सरकारले उनलाई सर्तसहित छाडेको थियो । जसमा उनले देश छाड्न नपाउने र फिल्म पनि बनाउन नपाउने मुख्य सर्त थिए ।

त्योबाहेक सरकार विरोधी प्रदर्शनमा सहभागी नहुन पनि सरकारले चेतावनी दिएको थियो । यद्यपि उनी अघिल्लो हप्ता सहकर्मी छायाँकारलाई सरकारले समातेर १३ वर्षको जेल सजाय सुनाएपछि त्यसको विरोधमा महान्यायाधिवक्ताको कार्यालयमा प्रदर्शन गर्न गएका थिए । सरकारले गरेको भ्रष्टाचार तथा बेथितिको विरुद्धमा आवाज उठाएपछि ती दुई छायांकार पक्राउ परेका थिए ।

उनीहरू पक्राउ परेपछि पनाहीसँगै तीन सय फिल्मकर्मीले उनीहरूको रिहाइको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । यही कसुरमा सरकारले पनाहीलाई पक्राउ गरेको थियो । गोल्डेन बियर विजेता फिल्म ‘ट्याक्सी’ तथा ‘दिस इज नट अ फिल्म’ जस्ता फिल्मका निर्देशक पनाही महान्यायाधिवक्ताको कार्यालय अगाडि भएको प्रदर्शनमा सहभागी भएको भन्दै सरकारले उनलाई पक्राउ गरेर राखेको थियो।  अन्तत उनलाई ६ वर्षको जेल सजाय सुनाइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ४ : ५७ बजे

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने