युरोपेली केन्द्रीय बैंकले ११ वर्षपछि ब्याजदर बढाएर शून्य प्रतिशतमा पुर्‍यायो « Khabarhub

युरोपेली केन्द्रीय बैंकले ११ वर्षपछि ब्याजदर बढाएर शून्य प्रतिशतमा पुर्‍यायो


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । ११ वर्षपछि युरोपको केन्द्रीय बैंक इसीबीले ब्याजदर बढाएको छ ।

बजारमा मुद्रास्फीति बढ्दै गइरहेको अवस्थामा इसीबीले ब्याजदर शून्य दशमलब ५ प्रतिशत बढाएर शून्य प्रतिशतमा पुर्‍याएको थियो । यसअघि सन् २०१४ यता इसीबीले ब्याजदर ऋणात्मक शून्य दशमलब ५ प्रतिशत कायम गरेको थियो ।

व्यावसायिक वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकमा पैसा जम्मा गर्ने भन्दा पनि कर्जा दिन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो ।

यसबाहेक इसीबी यही वर्ष पुनः ब्याजदर बढाउने तयारीमा समेत रहेको बीबीसीले जनाएको थियो ।

युरोपेली बजारमा मुद्रास्फीति बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ । इसीबीले यो वर्ष मुद्रास्फीति २ प्रतिशतसम्म सीमित राख्ने लक्ष्य लिएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ७ : ४१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी