२१ वटा खानेपानी योजना निर्माण : २३६० स्थानीय घरमा पुग्यो पिउने पानी « Khabarhub

२१ वटा खानेपानी योजना निर्माण : २३६० स्थानीय घरमा पुग्यो पिउने पानी


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले जाजरकोटमा २१ वटा खानेपानी योजनाहरु सम्पन्न गरेको बताएको छ ।

यहाँका २ हजार ३६० घुरधुरीले खानेपानी उपभोग गर्न पाएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । चार ठाउँमा लिप्ट मार्फत खानेपानी ल्याइएकोमा भेरी नगरपालिका १ रिम्ना , १० भुरचौरमा लिप्ट मार्फत पानी सञ्चालनमा आएको छ ।

भेरी १३ मा असोज सम्म अन्य लिप्ट सिँचाइ सञ्चालनमा आउने शाहीले बताए । त्यस्तै २३२ हेक्टर जमिनका लागि १६ वटा सिँचाइ योजना सम्पन्न भएका छन् । आकाशे पानीको भरमा सिँचाइ गर्दै आएका सर्वसाधारणहरु सिँचाइ सुविधा पाएपछि आफूहरु खुसी भएको भेरी १ का प्रकास बटालाले जानकारी दिनुभयो । नदीको कटान तथा पहिरोका कारण जोखिममा भइ खेतीयोग्य जमिन मासिने अवस्थामा पुगेको भन्दै जिल्लामा ७ वटा ठाउँमा तटबन्ध निर्माण गरी ६१।५५ प्रतिशत भाग जोगाएको छ । त्यस्तै ७०० घरमा विद्युतीकरण समेत गरिएको बताएको छ ।

अघिल्लो आर्थिक वर्षमा सम्पन्न हुन नसकेको ठाउँमा यो आवमा प्रयाप्त बजेट बिनियोजन काम काम गर्न लागिएको जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । पर्याप्त दरबन्दी नहुँदा नहुँदै पनि राष्ट्रसेवक कर्मचारीहरु दिनरात खटेर परिणाम निकालेको भन्दै मन्त्री सिंहले सबैलाइ धन्यवाद दिए ।

१० जिल्लाका कर्यालय प्रमुख सहित मन्त्रालयको टिम बसेर जलस्रोत , खानेपानी , विद्युत लगाएतका कुरामा देखिएका समस्य र हल गर्नुपर्ने कुराहरुलाइ मसिनो गरि छलफल गरी समस्या समाधानका लागि बिभिन्न निकायसँग छलफल गर्न लागिएको मन्त्री सिंहको भनाइ छ । मन्त्री स्तर , मन्त्रीपरिषद तथा संघीय सरकारबाट हुने कामहरुको समेत बर्गीकरण गरी देखिएका समस्यहरु हल गर्नका लागि समस्याको पहिचानमा बढी केन्द्रीत रहेको उनको भनाइ छ ।

१० जिल्लामा रहेको बेरुजु रकम , अधुरा काम र योजना छनोटका विषयमा समेत व्यापक छलफल भइरहेको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । कर्णालीका ठुला बजार , राजमार्ग , पर्यटकीय क्षेत्र तथा मुकामहरुमा सेवा प्रवाह तथा समाधानका उपायहरु समेत तिव्र छलफल भइरहेको उनको भनाइ छ ।

मौलिक हक सँग जोडिएको विषयसँग सम्बन्धित कुराहरु आफ्नो मन्त्रालयमा पर्ने भएकाले बजेटको मात्रा बढाउनुपर्ने समीक्षामा जोड दिइएको छ । कर्णाली जलस्रोतका हिसावले भण्डार रहे पनि सदुपयोग नभएको र कानुनी झनझटका कारण तोकिएको काम समेत हुन नसकेको प्रति मन्त्री सिंहको गुनासो थियो । १० जिल्लाका कार्यालय प्रमुखहरुले अघिल्लो वर्षको काम सम्पन्न भएका योजनाहरुको रकम सिस्टम नचल्दा भुक्तानि दिन नसकेको भन्दै पीडा सुनाएका थिए ।

यसको जवाफमा मन्त्री सिंहले सरकार प्रमुख स्तरमा कुरा भइरहेको भन्दै निकास छिट्टै आउने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ४६ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ