२१ वटा खानेपानी योजना निर्माण : २३६० स्थानीय घरमा पुग्यो पिउने पानी | Khabarhub Khabarhub

२१ वटा खानेपानी योजना निर्माण : २३६० स्थानीय घरमा पुग्यो पिउने पानी


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले जाजरकोटमा २१ वटा खानेपानी योजनाहरु सम्पन्न गरेको बताएको छ ।

यहाँका २ हजार ३६० घुरधुरीले खानेपानी उपभोग गर्न पाएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । चार ठाउँमा लिप्ट मार्फत खानेपानी ल्याइएकोमा भेरी नगरपालिका १ रिम्ना , १० भुरचौरमा लिप्ट मार्फत पानी सञ्चालनमा आएको छ ।

भेरी १३ मा असोज सम्म अन्य लिप्ट सिँचाइ सञ्चालनमा आउने शाहीले बताए । त्यस्तै २३२ हेक्टर जमिनका लागि १६ वटा सिँचाइ योजना सम्पन्न भएका छन् । आकाशे पानीको भरमा सिँचाइ गर्दै आएका सर्वसाधारणहरु सिँचाइ सुविधा पाएपछि आफूहरु खुसी भएको भेरी १ का प्रकास बटालाले जानकारी दिनुभयो । नदीको कटान तथा पहिरोका कारण जोखिममा भइ खेतीयोग्य जमिन मासिने अवस्थामा पुगेको भन्दै जिल्लामा ७ वटा ठाउँमा तटबन्ध निर्माण गरी ६१।५५ प्रतिशत भाग जोगाएको छ । त्यस्तै ७०० घरमा विद्युतीकरण समेत गरिएको बताएको छ ।

अघिल्लो आर्थिक वर्षमा सम्पन्न हुन नसकेको ठाउँमा यो आवमा प्रयाप्त बजेट बिनियोजन काम काम गर्न लागिएको जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । पर्याप्त दरबन्दी नहुँदा नहुँदै पनि राष्ट्रसेवक कर्मचारीहरु दिनरात खटेर परिणाम निकालेको भन्दै मन्त्री सिंहले सबैलाइ धन्यवाद दिए ।

१० जिल्लाका कर्यालय प्रमुख सहित मन्त्रालयको टिम बसेर जलस्रोत , खानेपानी , विद्युत लगाएतका कुरामा देखिएका समस्य र हल गर्नुपर्ने कुराहरुलाइ मसिनो गरि छलफल गरी समस्या समाधानका लागि बिभिन्न निकायसँग छलफल गर्न लागिएको मन्त्री सिंहको भनाइ छ । मन्त्री स्तर , मन्त्रीपरिषद तथा संघीय सरकारबाट हुने कामहरुको समेत बर्गीकरण गरी देखिएका समस्यहरु हल गर्नका लागि समस्याको पहिचानमा बढी केन्द्रीत रहेको उनको भनाइ छ ।

१० जिल्लामा रहेको बेरुजु रकम , अधुरा काम र योजना छनोटका विषयमा समेत व्यापक छलफल भइरहेको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । कर्णालीका ठुला बजार , राजमार्ग , पर्यटकीय क्षेत्र तथा मुकामहरुमा सेवा प्रवाह तथा समाधानका उपायहरु समेत तिव्र छलफल भइरहेको उनको भनाइ छ ।

मौलिक हक सँग जोडिएको विषयसँग सम्बन्धित कुराहरु आफ्नो मन्त्रालयमा पर्ने भएकाले बजेटको मात्रा बढाउनुपर्ने समीक्षामा जोड दिइएको छ । कर्णाली जलस्रोतका हिसावले भण्डार रहे पनि सदुपयोग नभएको र कानुनी झनझटका कारण तोकिएको काम समेत हुन नसकेको प्रति मन्त्री सिंहको गुनासो थियो । १० जिल्लाका कार्यालय प्रमुखहरुले अघिल्लो वर्षको काम सम्पन्न भएका योजनाहरुको रकम सिस्टम नचल्दा भुक्तानि दिन नसकेको भन्दै पीडा सुनाएका थिए ।

यसको जवाफमा मन्त्री सिंहले सरकार प्रमुख स्तरमा कुरा भइरहेको भन्दै निकास छिट्टै आउने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ४६ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको