संघीय व्यवस्था देशले धान्न नसकेको पुष्टि भइसक्यो: राजेन्द्र लिङ्देन « Khabarhub

संघीय व्यवस्था देशले धान्न नसकेको पुष्टि भइसक्यो: राजेन्द्र लिङ्देन


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका छन् ।

आजबाट काठमाडौंमा सुरु दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजिवन नै प्रभावित भएको भन्दै अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका हुन ।

उनले राजसंस्थालाई बहिष्करण गरेकैका कारण शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाउन नसकेको तर्क गरे । चर्को मूल्य वृद्धि र बजार घाटा, वैदेशिक मुद्राको अल्प संचिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालिलाग्दो रहेको उनको भनाइ छ ।

उनले ठूला भनिएका दलहरुकै कारण मुलुकमा भ्रष्टचार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गरे ।

बैठकमा लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेश गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १० : ११ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि