संघीय व्यवस्था देशले धान्न नसकेको पुष्टि भइसक्यो: राजेन्द्र लिङ्देन « Khabarhub

संघीय व्यवस्था देशले धान्न नसकेको पुष्टि भइसक्यो: राजेन्द्र लिङ्देन


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका छन् ।

आजबाट काठमाडौंमा सुरु दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजिवन नै प्रभावित भएको भन्दै अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका हुन ।

उनले राजसंस्थालाई बहिष्करण गरेकैका कारण शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाउन नसकेको तर्क गरे । चर्को मूल्य वृद्धि र बजार घाटा, वैदेशिक मुद्राको अल्प संचिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालिलाग्दो रहेको उनको भनाइ छ ।

उनले ठूला भनिएका दलहरुकै कारण मुलुकमा भ्रष्टचार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गरे ।

बैठकमा लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेश गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १० : ११ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२