वामपन्थी जनमत छ, त्यसलाई टुट्न दिनु हुँदैन | Khabarhub Khabarhub

वामपन्थी जनमत छ, त्यसलाई टुट्न दिनु हुँदैन

‘माओवादी हिजो हतियार बोकेर हिँड्यो, आज विचार बोकेर हिँडेको छ’


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चार वाम समाजवादी दलले निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने गृहकार्य थालेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानले निर्वाचन लगत्तै समाजवादी केन्द्र बनाउन आ–आफ्नो दलमा निर्णय गराउन थालेका छन्। यो निर्णयका कारण गठबन्धनमा सकस देखिने गरेको छ। के माओवादीले आफ्नो शक्ति आर्जन गर्नका लागि यसरी एकताको अभियान चलाएको हो । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवाद पार्टी पनि माओवादीसँग एकताको लागि तयार हुँदै गएको हो लगायतका विषयमा माओवादी केन्द्रकी प्रभावशाली नेतृ पूर्णाकुमारी सुवेदीसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

चुनावअघि नै तपाईँहरुले पार्टी एकताको अभियान पनि चलाउन थाल्नुभएको रहेछ । चुनाव अघि नै ४ वटा दलहरू वामदेव गौतमले नेतृत्व गरेको, बाबुराम भट्टराईले नेतृत्व गरेको र माधव कुमारले नेतृत्व गरेको यी तिन पार्टीसँगै माओवादी एकताको छलफल कुन चरणमा पुगेको छ ?

यसका आन्तरिक तहका कुराहरू नेतृत्व तहले कसरी गर्नु भएको छ त्यो बाहिर आउन बाँकी छ । जनमतको हिसाबले हामीसँग वामपन्थी जनमत छ, त्यसलाई टुट्न दिनु हुँदैन भनेर एकता गरेर जनताहरूमा उत्साह भएको छ । त्यसकारण जनताको वामपन्थीहरू एक हुनुपर्छ भन्ने भावना त्यही अनुसार पार्टी एकता भएको थियो । पछि त्यो पार्टी भित्रका लिडरहरूले गरेका कमजोरीका कारण पार्टी अदालतले दुई वटा बनाइदियो। पार्टी भित्रका लिडरहरूले घमन्ड, अहमता, व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण वामपन्थीहरूको शक्ति विकेन्द्रित हुन पुग्यो । त्यसैले आजको आवश्यकता एकता हुनु छ ।

गठबन्धनलाई दबाबमा राख्नका लागि र काँग्रेसलाई एक ढङ्गको दबाब दिनको लागि तपाईँहरू चार वटा पार्टी एक हुन लाग्नुभएको हो ?

कुनै राजनीतिक पार्टीलाई दबाब लिन यो वार्ता भएको छैन । संविधान बचाउनका निम्ति देशमा राजनीतिक अस्थिरता र मुख्य त्याग तपस्या र बलिदानीपछिको उपलब्धि नै खोसिएपछि र त्यो उपलब्धि खतरामा गएपछि पाँच दलीय गठबन्धन बनेको हो । अर्को उप गठबन्धन भनेको पनि यो गठबन्धन भित्रको नै पार्टी हो नि ।

वामदेव गौतम र बाबुराम भट्टराई त तपाईँहरूकै चुनाव चिन्हबाट चुनाव लड्न तयार भइसके, अब माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि तपाईँहरूकै चुनाव चिन्हबाट लड्न तयार हुने सम्भावना छ ?

यो एउटा छलफलको विषय हो । यो विषयमा छलफल चलेको छ । त्यसको निर्णयमा नै हुन्छ ।

पहिला प्रचण्डले बाबुराम भट्टराई अप्ठ्यारो मान्छेको कसैले झेल्न सक्दैन भन्नुभएको थियो, फेरि अहिले किन बाबुरामलाई झेल्न प्रचण्ड किन तयार हुनुभयो ?

बाबुराम भट्टराई घुमिफिरी हिजो सहमति भएको सबै हिजो जनयुद्धमा लडेका सबै गरिब नाङ्गा र सर्वहारा थिए । त्यसरी हामी यहाँसम्म आएका हौँ । त्यसैले पनि उहाँहरू त्यो महसुस गरेर एउटैमा आउनु भयो होला । हामी एकता सङ्घर्ष र रूपान्तरणको विधिबाट चलने पार्टी हो त्यसैले मान्छेले गल्ती महसुस गर्दछ भने एकता गर्दिनँ भन्न मिल्दैन ।

वि.सं. २०६४ देखि आजसम्मको माओवादीको हैसियत हेर्दा त सानो हुँदै गएको देखिन्छ नि ?

माओवादी हिजो हतियार बोकेर हिँडेको पार्टी हो । त्यसैले आज राम्रो विचार बोकेर हिँडोस् हामी मत हाल्छौँ भनेर जनताले भनेका नै छन् त्यसैले बरु माथि जान्छ । सानो हुँदैन ।

प्रचण्ड प्रधानमन्त्री बन्नकै लागि यो तिक्डमबाजी गरेको हो कि, कहिले एकता कहिले एमालेसँगको छलफल भन्ने आरोप लागेको छ नि ?

निर्वाचन प्रणालीको विषयमा राज्यको शासकीय स्वरूपमा हामी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ भनेर हामीले राख्दै आएका हौँ । त्यसैले राजनीतिक परिस्थिति र आवश्यकताले जे जिम्मेवारी दिन्छ त्यो बहन गर्ने हो कुनै पदको आकाङ्क्षी भएर गर्नु हुँदैन ।

बाबुराम भट्टराई आउँदा माओवादी भित्र ऊर्जा देखिएको छ कि असन्तुष्टि ?

एकीकृत पार्टीभित्र सबैले आफ्ना विचारहरू राख्न पाइन्छ । त्यो उहाँहरूको भूमिकाका आधारमा हामीले भोलि थाहा हुन्छ । पार्टी एउटा संस्था हो यो विधि र पद्धतिमा चल्नुपर्छ । हामी १० वर्षको जनयुद्धको पार्टी त जनताको मन जितेर आयौँ भने त्यसैले एउटा जीवित पार्टीमा सबैका बहसहरू हुन पाउनुपर्छ । त्यसरी नै एउटा निर्णयमा गएर पार्टीलाई ठूलो बनाउन सकिन्छ ।

पहिला २०७४ को निर्वाचनमा स्थानीय तहमा काँग्रेससँग मिलेर लड्नुभयो, संसदीय निर्वाचन एमालेसँग एकाएक मिलेर लड्नुभयो । यसपटक पनि गएको ७४ मा दसैँतिर सबै दसैँ मनाउँदा तपाईँहरू पार्टी एकतातिर लाग्नुभएको थियो यो पल्ट त्यस्तै हुने खतरा छ कि छैन ?

हामी राजनीतिक स्रष्टा र संस्कृतिबाट एउटा इमानदारिता देखाउँदै आएको पार्टी हो हामी त्यस्तो गर्दैनौँ । एमालेसँग पटक–पटक सडक सङ्घर्ष, संसद् विघटनको अवस्थामा संविधानको संरक्षण गर्न सक्यौँ भने अब फेरि एकता हुन सक्छ । तल्लो स्तरका कार्यकर्ताहरू छलफल गर्दै छन् । बहस गर्दै छन् । वामपन्थीहरूको एकता गरेर जानुपर्छ भन्ने सुझावहरू छन् तर अहिले कै अवस्थामा एमालेसँग एकता हुने सम्भावना म देख्दिनँ ।

तपाईँहरूको नेता बर्षमान पुनले एमालेसँग पनि हाम्रो तालमेल भयो भने अनौठो नमान्दा हुन्छ भन्नुभएको छ ? अवस्था र परिस्थितिअनुसार थाहा हुन्छ । त्यो अनुसार निर्णय हुन्छ तर अहिले त्यो परिस्थिति छैन ।

नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरिदिनुभयो त्यसलाई आज पारित गर्न खोजिँदै रहेछ । यो विषयमा तपाईँको टिप्पणी के छ ?

यो लामो समयसम्म छलफल गरेर हामी सबैले आफ्ना मतहरू राख्यौँ यो सरकार र संसद्ले गर्नेछ । सरकारले विधेयक ल्याउने र सरकारले त्यसलाई छलफल गर्छ र संसद्ले विधेयक ल्याउँछ । त्यसैले राष्ट्रपतिले आफ्नो सुझावहरू राख्नुभएको छ । त्यसलाई छलफल गरेर आवश्यक सम्बोधन गर्दा राम्रो हुन्छ ।

अङ्गीकृत नागरिकताप्रति तपाईँको धारणा के हो ?

पुरुष र महिलामा समानता हुनुपर्‍यो । छोरी र बुहारीका बीचमा पनि समानता हुनुपर्‍यो । एउटा देश र अर्को देशको नागरिकताको विषयमा पनि समानता हुनुपर्‍यो । यो एउटा प्राकृतिक न्यायको सिद्धान्तको विषय हो । समानता गर्न सक्दैन भने केही विधि समय राख्नुपर्छ ।  अनागरिकलाई नागरिकता दिनु भएन नागरिकहरूलाई दुख नदिई नागरिकता दिनुपर्‍यो ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : १८ बजे

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार