इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता | Khabarhub Khabarhub

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यो क्षेत्रमा पर्ने ४२ मध्ये ३३ वडाको मतगणना भइसकेको छ । अब इलाम नपारपालिकाको ९ वटा वडाको मत परिणाम आउन बाँकी छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार ६२८ मतको अग्रता बनाएका छन् ।

सुहाङले २१ हजार ३८० मत ल्याइएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार खड्काले ताजा अवस्थामा १४ हजार ७५२ मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार १४६ मत ल्याएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ६०३ मत पाएका छन्।

शनिबार भएको मतदानमा यहाँ ६६ हजार मत खसेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : १९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं