रियल मड्रिडको दोस्रो जित « Khabarhub

रियल मड्रिडको दोस्रो जित


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ।

रियलले शनिबार रातिको खेलमा सेल्टा भिगोलाई ४–१ अन्तरले पराजित गरेको हो। करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर, लागो आसपासले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए। दुबै गोल पेनाल्टीमा भएको थियो।

यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे। यसपछि भिनिसिअस जुनिअरले तेस्रो तथा फेडेरिको भाल्भार्डेले चौथो गोल गरे।

खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो। तर इडेन हाजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके। उनले ला लिगाको ५० खेलमा जम्मा ४ गोल गरेका छन्। यस सिजन रियलले तीन खेलमा तीन नै जितेको छ। दुई खेल ला लिगामा। यससंगै रियल ला लिगाको शीर्ष स्थानमा छ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ३५ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित