साउदीमा थप ९४ नेपालीलाई एक्जिट भिसा  « Khabarhub

साउदीमा थप ९४ नेपालीलाई एक्जिट भिसा 



दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ९४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् ।

यही १२ देखि १८ अगस्टसम्म रियाद र दमामबाट पक्रिया थालिएकामध्ये ९४ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

एक्जिट भिसा आएकाहरूलाई दूतावासमा पुगेर भिसा प्राप्त गर्न दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एक्जिट भिसा पाएकाहरु ६० दिनभित्र स्वदेश फर्किसक्नु पर्छ।

थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : २२ बजे

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ