नाट्टा लुम्बिनी प्रदेशको अध्यक्ष बन्ने हिम्मत गर्न सक्छु : श्रीराम सिग्देल « Khabarhub

नाट्टा लुम्बिनी प्रदेशको अध्यक्ष बन्ने हिम्मत गर्न सक्छु : श्रीराम सिग्देल

भात खान मात्रै अधिवेशनमा नबोलाउन नाट्टा नेतृत्वसँग आग्रह


५ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नाट्टाको विधान संशोधन गर्नुपर्ने माग राखेका छन् । नाट्टा लुम्बिनी प्रदेशको अधिवेशनमा बोल्दै अध्यक्ष सिग्देलले विधान संशोधन गरेर काठमाडौँ उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई पनि नेतृत्वमा आउन दिनुपर्ने माग गरेका हुन् ।

नाट्टाले वर्षौदेखि काठमाडौँ उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई भात मात्रै खुवाउन बोलाउने गरेको भन्दै यसले संस्थाभित्र विभेद बढेको पनि सिग्देलले बताए । लुम्बिनी प्रदेशले अधिवेशन गर्दा पनि जिल्लाका च्याप्टरसँग कुनै सल्लाह नगरेको भन्दै उनले तीव्र असन्तुष्टि जनाए ।

‘लुम्बिनी प्रदेश अधिवेशन हुँदैगर्दा हामीसँग एक वचन कुनै कुरा सोधिएन । कुनै सल्लाह लिइएन । कुनै पनि च्याप्टरसँग परामर्श हुँदैन’ उनले अधिवेशनमा भने, ‘हामीलाई भात खान बोलाइएको हो र ? केन्द्रका अध्यक्षज्युसँग पनि मेरो आग्रह छ, अब भात खानलाई मात्रै च्याप्टरलाई नबोलाउनुस् ।’

साथै उनले नाट्टाको नेतृत्वका लागि आफु सक्षम रहेपनि विधानले सँधै बञ्चित गरिरहेको बताए । आफुजस्ता धेरै पर्यटन व्यवसायी नेतृत्वमा आएर केही योगदान गर्न चाहेपनि विधानले सँधै बञ्चित गरिरहेको उनले बताए ।

‘म पनि लुम्बिनी प्रदेश अध्यक्ष बन्ने हिम्मत गर्न सक्छु । नाट्टाको नेतृत्वमा बसेर योगदान गर्न चाहन्छु’ उनले विधानप्रति असन्तुष्ट जनाउँदै भने, ‘तर विधानले जहिल्यै अवसरबाट बञ्चित गरिरहने कहिलेसम्म हो ? यसले संस्थालाई कहाँ पुर्याउँछ । भैरहवाबाहिर पनि पर्यटन छ भन्ने कुरा सोचिदिनुपर्यो ।

नाट्टाले सँधै च्याप्टर विस्तार गरिरहेको भएपनि नेतृत्वमा कहिल्यै अवसर नदिने भएकाले अब गम्भीर भएर सोच्नुपर्ने बेला भएको पनि उनले बताए । पर्यटन भनेको काठमाडौँ, चितवन, पोखरा र लुम्बिनी मात्रै सम्झिने प्रवृत्ति धेरै गलत भएको भन्दै उनले कर्णाली र सुदूरुपश्चिमको पर्यटनलाई अब केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने उनले बताए ।

‘कर्णाली र सुदूरपश्चिमको पर्यटनविना नेपालको पर्यटन पूरा हुन सक्दैन,’ उनले अधिवेशनमा भने, ‘जसरी पर्पटनमा कर्णाली र सुदूरपश्चिमको आफ्नो महत्व छ । त्यसैगरि नेतृत्वका लागि पनि च्याप्टरका नेतृत्वकर्ताले पनि दाबी गरेर योगदान गर्न विधान संशोधन हुनुपर्छ । अब नाट्टा नेतृत्व सुध्रिएर जानुपर्छ ।’

नाट्टाको नेतृत्व छान्ने, भोट हाल्ने, नेता बनाउने र मुद्दा अगाडि बढाउने अधिकार सदस्यलाई नदिए संस्था धराशयी बन्ने चेतावनी पनि सिग्देलले दिएका छन् ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  १० : ४१ बजे

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको

शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा