नाट्टा लुम्बिनी प्रदेशको अध्यक्ष बन्ने हिम्मत गर्न सक्छु : श्रीराम सिग्देल « Khabarhub

नाट्टा लुम्बिनी प्रदेशको अध्यक्ष बन्ने हिम्मत गर्न सक्छु : श्रीराम सिग्देल

भात खान मात्रै अधिवेशनमा नबोलाउन नाट्टा नेतृत्वसँग आग्रह


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नाट्टाको विधान संशोधन गर्नुपर्ने माग राखेका छन् । नाट्टा लुम्बिनी प्रदेशको अधिवेशनमा बोल्दै अध्यक्ष सिग्देलले विधान संशोधन गरेर काठमाडौँ उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई पनि नेतृत्वमा आउन दिनुपर्ने माग गरेका हुन् ।

नाट्टाले वर्षौदेखि काठमाडौँ उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई भात मात्रै खुवाउन बोलाउने गरेको भन्दै यसले संस्थाभित्र विभेद बढेको पनि सिग्देलले बताए । लुम्बिनी प्रदेशले अधिवेशन गर्दा पनि जिल्लाका च्याप्टरसँग कुनै सल्लाह नगरेको भन्दै उनले तीव्र असन्तुष्टि जनाए ।

‘लुम्बिनी प्रदेश अधिवेशन हुँदैगर्दा हामीसँग एक वचन कुनै कुरा सोधिएन । कुनै सल्लाह लिइएन । कुनै पनि च्याप्टरसँग परामर्श हुँदैन’ उनले अधिवेशनमा भने, ‘हामीलाई भात खान बोलाइएको हो र ? केन्द्रका अध्यक्षज्युसँग पनि मेरो आग्रह छ, अब भात खानलाई मात्रै च्याप्टरलाई नबोलाउनुस् ।’

साथै उनले नाट्टाको नेतृत्वका लागि आफु सक्षम रहेपनि विधानले सँधै बञ्चित गरिरहेको बताए । आफुजस्ता धेरै पर्यटन व्यवसायी नेतृत्वमा आएर केही योगदान गर्न चाहेपनि विधानले सँधै बञ्चित गरिरहेको उनले बताए ।

‘म पनि लुम्बिनी प्रदेश अध्यक्ष बन्ने हिम्मत गर्न सक्छु । नाट्टाको नेतृत्वमा बसेर योगदान गर्न चाहन्छु’ उनले विधानप्रति असन्तुष्ट जनाउँदै भने, ‘तर विधानले जहिल्यै अवसरबाट बञ्चित गरिरहने कहिलेसम्म हो ? यसले संस्थालाई कहाँ पुर्याउँछ । भैरहवाबाहिर पनि पर्यटन छ भन्ने कुरा सोचिदिनुपर्यो ।

नाट्टाले सँधै च्याप्टर विस्तार गरिरहेको भएपनि नेतृत्वमा कहिल्यै अवसर नदिने भएकाले अब गम्भीर भएर सोच्नुपर्ने बेला भएको पनि उनले बताए । पर्यटन भनेको काठमाडौँ, चितवन, पोखरा र लुम्बिनी मात्रै सम्झिने प्रवृत्ति धेरै गलत भएको भन्दै उनले कर्णाली र सुदूरुपश्चिमको पर्यटनलाई अब केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने उनले बताए ।

‘कर्णाली र सुदूरपश्चिमको पर्यटनविना नेपालको पर्यटन पूरा हुन सक्दैन,’ उनले अधिवेशनमा भने, ‘जसरी पर्पटनमा कर्णाली र सुदूरपश्चिमको आफ्नो महत्व छ । त्यसैगरि नेतृत्वका लागि पनि च्याप्टरका नेतृत्वकर्ताले पनि दाबी गरेर योगदान गर्न विधान संशोधन हुनुपर्छ । अब नाट्टा नेतृत्व सुध्रिएर जानुपर्छ ।’

नाट्टाको नेतृत्व छान्ने, भोट हाल्ने, नेता बनाउने र मुद्दा अगाडि बढाउने अधिकार सदस्यलाई नदिए संस्था धराशयी बन्ने चेतावनी पनि सिग्देलले दिएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : ४१ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत