५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै « Khabarhub

५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ५० जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ ।

दोस्रो चरण अन्तर्गत कोभिडविरुद्धको फाइजर खोप प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई लगाइँदैछ।

त्यस्तै गण्डकी प्रदेशको  बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, लुम्बिनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र रुकुम पूर्व  कर्णाली प्रदेशको रुकुम पश्चिम, सल्यान, रोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट र सुदूरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा खोप दिइने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो मात्रा खोप २७ भदौदेखी १ असोजसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ३९ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत