रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड « Khabarhub

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिई फरार अवस्थामा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजायँसहित उनीहरूबाट करिब एक करोड ३५ लाख जरिवाना असुलउपर गरेको, आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रेर कानुन कार्यान्वयनमा सक्रिय रहेको र ठगी तथा अपराधजन्य घटना न्यूनीकरण तथा रोकथामका पक्षमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले अदालतको फैसला कार्यान्वयन गर्नेक्रममा गत भदौ महिनामा ८३ जना पक्राउ परेको, कैद सजायको व्यवस्थासहित निजहरूबाट एक करोड ३५ लाख ४० हजार ६०० असुलउपर गरेको र जारी अभियानलाई अझ प्राथमिकतासाथ निरन्तरता दिने पक्षमा प्रहरी प्रशासन रहेको स्पष्ट गरे।  

यसैगरी, रूपन्देही प्रहरीले ठगी तथा संगठित अपराधको कसुरमा फरार रहेकी सोही जिल्लाअन्तर्गत मर्चवारीमाई–३, रायपुरकी २४ वर्षीया उर्मिला बरईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको छ ।

पक्राउ परेकी बराईले समूह बनाई सर्वसाधारणबाट रु एक करोड ५० लाख २२ हजार ५२० ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको र सो घटनामा संलग्न अन्यको खोजीसहित आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १२ : ०२ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको