प्रधानमन्त्री देउवाद्वारा पार्टीको झण्डा ओढाएर गिरीप्रति श्रद्धाञ्जली अर्पण  « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा पार्टीको झण्डा ओढाएर गिरीप्रति श्रद्धाञ्जली अर्पण 


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन् ।

यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गरे। नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा स्थापित गिरीको उपचारका क्रममा गए राति निधन भएको थियो ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उहाँको पार्थिव शरीर अस्पतालबाट केही बेरअघि पार्टी कार्यालय पुर्‍याइएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ४४ बजे

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा

काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी– वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्