दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१.  प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ११ बजेसम्म राखिएको र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिएको बताए । नेता गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्नका लागि विभिन्न दलका नेता कार्यकर्ताहरू पार्टी कार्यालय सानेपा पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्  ।सभापति देउवाले लगायतका नेताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन्।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी  दिए । ७५ वर्षीय गिरिको गए राति उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

भारतमा क्यान्सरको उपचार गराएर फर्किनुभएका गिरिलाई स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

२. तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ  । कांग्रेस केन्द्रीय कार्यसमितिको  आज बसेको बैठकले आज भोलि र  पर्सि  केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धाञ्जली बाहेकका अरू कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।भोलि केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ ।

यस्तै भदौ १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने निर्णय पनि  कांग्रेसले गरेको  छ  ।

३. दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन् । । सुनसरीको वराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण  क्रममा  उनले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले  कोसी कटानबाट क्षति भएको  क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समाधानका लागि योजना बनाउन लागिपरेको  बताए । सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अब  दीर्घकालिनरुपमा समाधान गर्न सरकारले योजना बनाएर अघि बढ्ने उनले जानकारी गराए ।

बर्सेनि वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनाका साथै  कटानसमेत गर्ने गरेको र  त्यसबाट सयौँको सङ्ख्याका स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालिनरुपमा योजना बनाएर समाधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गरे ।

४. पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठेरोमा पर्‍यो : उपाध्यक्ष पाण्डे 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठेरोमा परेको बताएका छन्। अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा रहेको पाण्डेको भनाइ छ ।

आज प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले २०५६ सालको चुनावमा जस्तै अहिले पनि एमाले अप्ठ्यारो स्थितिमा रहेको  बताएका हुन्। त्यो बेला पार्टी विभाजित भए पनि एमाले विरुद्धमा कसैको गठबन्धन भएको थिएन । अहिले आफूहरू विभाजनको अवस्थामा रहेको र सँगसँगै विभिन्न दलसँग मिलेर गठबन्धन पनि गर्ने दुई चुनौती रहेको उनको भनाई छ । यी दुवै चुनौतीलाई पार्टीले गम्भीरतापूर्वक एनालाइसिस गरेको उपाध्यक्ष पाण्डेले  बताए ।

नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ । पार्टी विभाजन र गठबन्धनबाट पर्न सक्ने प्रभावको अध्ययन गरिरहेको र त्यसलाई कसरी परास्त गर्ने भन्ने प्रयासमा एमाले रहेको पाण्डेले बताए ।

५ . विरोध खतिवडा मकवानपुर २ बाट उठ्ने

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले खतिवडालाई उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

समाजवादीको स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री खतिवडा मकवानपुरको क्षेत्र नम्बर २ बाट लगातार ४ पटक निर्वाचित सांसद हुन्, आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी  दिए ।

६. कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै कर्मचारीहरुद्धारा आज सिंहदरबार पर्चा वितरण 

कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै कर्मचारीहरूले आज सिंहदरबार प्रवेश गर्ने गेट अगाडि पर्चा वितरण गरेका छन् ।प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखी तयार गरिएको पर्चा सिंहदरबार भित्र जाने मन्त्री, सांसद, उच्च अधिकारी तथा सेवाग्राहीहरूलाई लक्षित गरी  वितरण गरिएको छ।

उनीहरूले कर्मचारीहरू आन्दोलित हुनु परेको कारणबारे जानकारी दिन र कर्मचारी मैत्री ऐन जारी गर्न सरकारलाई दबाब दिन गेट अगाडि भेटिने सबैलाई पर्चा वितरण गरिएको बताएका छन् ।

कर्मचारीहरूले बिहान ९ देखी १० बजेसम्म सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण गेट अगाडि पर्चा वितरण गरेका हुन् ।

७. नेपालका पूर्वी थारु समुदायले आज रैब पर्व मनाउँदै 

नेपालका पूर्वी  थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको र्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन्  ।

हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ  ।

यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता रहिआएको छ । आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद् भुलाइ चौधरी बताउँछन् ।

८. आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घद्धारा निन्दा

सोमालियाको मोगादिसुस्थित हयात होटेलमा भएको आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ ।

मोगादिसुको गत शुक्रबार सो  होटेलमा बन्दुकधारीले आक्रमण गर्दा १३ जना मारिएका तथा कैयौँ घाइते भएका बताइएको छ । पछि घाइतेहरूको निधन भएको र आइतबार बिहानसम्म निधन हुनेको संख्या २० पुगेको बताइएको छ  ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले एक विज्ञप्ति प्रकाशन गरी सो आक्रमणमा संलग्नहरूको पहिचान गरी उनीहरूलाई सख्त कारबाही गर्न पनि माग गरेका हुन।यस्तै  संयुक्त राष्ट्रसङ्घले ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको  छ ।

हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटेल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए । सो हायात होटेलमा हमला हुँदा ठूलो संख्यामा पर्यटक रहेको बताइएको छ ।

९. रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीकी छोरी दुर्याको मस्को नजिकै हत्या

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका  निकट सहयोगीकी छोरीको मस्को नजिकै हत्या भएको छ । घर जाँदै गर्दा  दुर्या डुगिनाको कार विष्फोट हुँदा  मृत्यु भएको हो ।

दर्या डुगिना एक चर्चित पत्रकार थिइन् भने उनले  युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आएकी थिइन् । जसका कारण ३० बर्षीय  डुगिनामाथि केही समय अगाडि अनलाइन “डिसइन्फर्मेसन“ मा योगदान गरेको भन्दै अमेरिका  र बेलायतले अधिकारीहरुले प्रतिबन्ध लगाएका थिए  ।

राष्ट्रपति पुटिनको मस्तिष्क“ भनेर चिनिने दुर्याकी बुबा रूसी दार्शनिक अलेक्ज्याण्डर डुगिनलाई आक्रमण गर्ने उद्देश्यले   सो विष्फाट गराइएको  हुनसक्ने  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अलेक्ज्याण्डर सरकारमा आधिकारिक पद नभए पनि  रुसी राष्ट्रपतिका नजिकका सहयोगी हुन् र उनलाई “पुटिनको रास्पुटिन“  नामले पनि चिनिन्छ । अलेक्जेन्डरकी छोरी दुर्याको   कार विष्फोटमा भएको हत्याको बारेमा अन्य केही खुलाइएको छैन ।

१०. आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने 

अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने  भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्व भ्रमणको दौरान यसै महिना नेपाल आइपुग्ने विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने जानकारी दिएका हुन् ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो ।  यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  २ : ०० बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक