कांग्रेस नेता गिरीको पार्थिव शरीर सातदोबाटो हुँदै आर्यघाट लैजाने  « Khabarhub

कांग्रेस नेता गिरीको पार्थिव शरीर सातदोबाटो हुँदै आर्यघाट लैजाने 


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ ।

प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो । उनको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  २ : ५२ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम