निर्वाचन बिथोल्नेलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गयो : प्रमुख आयुक्त थपलिया « Khabarhub

निर्वाचन बिथोल्नेलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गयो : प्रमुख आयुक्त थपलिया


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्त्वहरूको मनोबल बढ्दै गएको बताएका छन्।

आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानून विपरीत भएको भन्दै त्यस्ता तत्त्वलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गएको बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोही अनुरूप मिति तय गरेको जिकिर गरे। एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उनको भनाइ छ।

थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाए पनि आयोगले तीव्र रूपमा आफ्नो काम अघि बढाएको जिकिर गरे।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : १० बजे

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा