संदिग्ध कार बम आक्रमणमा प्रभावशाली रुसी उग्रराष्ट्रवादी राजनीतिक सिद्धान्तकारकी छोरीको मृत्यु « Khabarhub

संदिग्ध कार बम आक्रमणमा प्रभावशाली रुसी उग्रराष्ट्रवादी राजनीतिक सिद्धान्तकारकी छोरीको मृत्यु


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रभावशाली रुसी राजनीतिक सिद्धान्तकार अलेक्जाण्डर डुगिनकी छोरीको संदिग्ध कार बम आक्रमणमा मृत्यु भएको छ ।

डुगिनकी छोरी डार्या डुगिनाको संदिग्ध कार बम आक्रमणमा शनिबार मृत्यु भएको रुसी अधिकारीले आइतबार जानकारी दिएका छन् ।

मस्को क्षेत्रका अनुसन्धानकर्ताहरुले उनी चढेको टोयोटा ल्याण्ड क्रुजरमा राखिएका विस्फोटक पदार्थ विस्फोट भएका कारण उनको मृत्यु भएको जानकारी दिएका छन् ।

रुसको तास समाचार संस्थाले डुगिनाका साथी आन्दे्रइ क्रास्नोभलाई उद्धृत गर्दै जनाएअनुसार उक्त कार उनका बुवाको रहेको थियो ।यसकारण आक्रमणको प्रमुख निशानामा अलेक्जाण्डर डुगिन नै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

टेलिभिजनमा प्रसारण गरिएका तस्वीर एवम् भिडियोहरुमा घटनास्थलबाट अनुसन्धानकर्ताहरुले कारको भग्नावशेष र अवयवहरु संकलन गरिरहेको देखाइएको छ ।

अनुसन्धानकर्ताहरुले घटनालाई हत्या अपराधको रुपमा अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

अलेक्जाण्डर डुगिन रुसमा निकै प्रभावशाली राजनीतिक सिद्धान्तकार मानिन्छन् । उग्र रुसी राष्ट्रवादी छवि भएका उनले बारम्बार रुसले युक्रेनलाई आफ्नो मुलुकमा विलय गराउनुपर्ने धारणा राख्दै आएका छन् ।

अमेरिकी प्रतिबन्धको सूचीमा समेत रहेका डुगिनको राजनीतिक सिद्धान्तलाई त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत शिरोपर गर्ने गरेको बताइन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : ४३ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको