चीनको सम्भावित आक्रमणको जवाफ दिन जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्ने | Khabarhub Khabarhub

चीनको सम्भावित आक्रमणको जवाफ दिन जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्ने


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सम्भावित आक्रमणको जवाफका लागि जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्नेबारे तयारी गरिरहेको खुलासा भएको छ ।

जापानको योमिउरी अखबारले आइतबार जनाएअनुसार जापानले १ हजार लामो दुरीसम्म मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो ।

सरकारी स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले दिएका जानकारीअनुसार जापानले हाल प्रयोग गर्दै आएका क्षेप्यास्त्रलाई नै सुधार गरी लामो दुरीको क्रुज क्षेप्यास्त्रमा परिणत गरिनेछ । यसअनुसार १ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रलाई १ हजार किलोमिटरसम्म मार हान्न सक्ने गरी सुधार गरिने समाचारमा जनाइएको छ ।

युद्धपोत एवम् लडाकु विमानमार्फत् प्रहार गर्न सकिने ती क्षेप्यास्त्र जापानको दक्षिणी सानसेई टापुमा तैनाथ गरिनेछ । त्यहाँ तैनाथ गरिएका क्षेप्यास्त्रले उत्तर कोरिया र चीनको तटीय क्षेत्रसम्म मार हान्न सक्ने जनाइएको छ ।

यसबारे जापानको विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

दोस्रो विश्वयुद्धयता शान्तिपूर्ण संविधान अङ्गिकार गरेको जापानमा आफ्नो प्रतिरक्षाका लागि मात्र सैन्य शक्तिको प्रयोग गर्ने व्यवस्था छ ।

यद्यपि पछिल्ला केही वर्षयता जापानले आफ्नो रक्षा शक्तिलाई तीव्र गतिमा वृद्धि गरिरहेको बताइन्छ ।

पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै पूर्वी एसियामा तनाव बढिरहेको अवस्थामा जापानले लामाु दुरीको क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो ।

चीनले स्वशासित शासन व्यवस्था रहेको ताइवानमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ४ : ५३ बजे

भारतीय राष्ट्रपति मुर्मू सवार हेलिकप्टर हिलोमा फस्यो, प्रहरीले धकेलेर निकालिदिए

केरला- भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकप्टर बुधबार अवतरणपछि हिलोमा

गृहमन्त्री अर्यालले ओलीलाई लक्षित गरेर भनेको ‘क्रिमिनल नेग्लिजेन्स’ के हो ?

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारलाई प्रतिक्रिया दिने क्रममा वा अन्तरवार्ताका

जोरपाटी चोकमा ट्राफिक लाइट जडान

काठमाडौं- जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ ।

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको