अल्बानियाको सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई रूसी र एक युक्रेनी पक्राउ « Khabarhub

अल्बानियाको सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई रूसी र एक युक्रेनी पक्राउ


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ ।

अल्बेनियाली रक्षा मन्त्रालयका अनुसार २४ वर्षीय एमजेड भनेर चिनिने रूसी नागरिकलाई राजधानी तिरानाबाट ८० किलोमिटर दक्षिणमा रहेको ग्रामसस्थित सैन्य केन्द्रको मैदानमा प्रवेश गरी फोटो खिच्ने क्रममा पक्राउ गरिएको हो ।

गिरफ्तारीको प्रतिरोधका क्रममा उनले दुई जना सैनिक सुरक्षाकर्मीलाई घाइते बनाएको जनाइएको छ । घाइतेको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

एसटी नाम गरेकी ३३ वर्षकी रूसी महिला र एफए भनिने २५ वर्षीय युक्रेनी नागरिकलाई उनीहरू सवार गाडीसहित केन्द्रबाहिरबाट पक्राउ गरिएको हो ।

सैनिक प्रहरी, सेनाको गुप्तचर प्रहरी र नागरिक तथा आतङ्क प्रतिरोध प्रहरीले उनीहरूविरूद्धको मुद्दामा समन्वय गरिरहेको तथा सम्बन्धित निकायसँगको समन्वयमा अनुसन्धान गरिने रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

सन् १९६२ मा स्थापना भएको ग्रामस मिलिटरी प्लान्टले एके–४७ राइफल उत्पादन गथ्र्यो तर सन् १९९० मा साम्यवादको पतनपछि यसले राइफल उत्पादनको सट्टा पुराना हतियारहरू मर्मत गर्दै आएको छ ।

सन् २००९ मा उत्तर एटलाण्टिक सन्धी सङ्गठन (नेटो) को सदस्याता लिएको अल्बानियाले युक्रेनमाथि रूसले गरेको हमालाको विरोध गर्दै आएको छ भने युरोपेली सङ्घ र अमेरिकाले मस्कोमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : ०१ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल