अल्बानियाको सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई रूसी र एक युक्रेनी पक्राउ « Khabarhub

अल्बानियाको सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई रूसी र एक युक्रेनी पक्राउ


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ ।

अल्बेनियाली रक्षा मन्त्रालयका अनुसार २४ वर्षीय एमजेड भनेर चिनिने रूसी नागरिकलाई राजधानी तिरानाबाट ८० किलोमिटर दक्षिणमा रहेको ग्रामसस्थित सैन्य केन्द्रको मैदानमा प्रवेश गरी फोटो खिच्ने क्रममा पक्राउ गरिएको हो ।

गिरफ्तारीको प्रतिरोधका क्रममा उनले दुई जना सैनिक सुरक्षाकर्मीलाई घाइते बनाएको जनाइएको छ । घाइतेको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

एसटी नाम गरेकी ३३ वर्षकी रूसी महिला र एफए भनिने २५ वर्षीय युक्रेनी नागरिकलाई उनीहरू सवार गाडीसहित केन्द्रबाहिरबाट पक्राउ गरिएको हो ।

सैनिक प्रहरी, सेनाको गुप्तचर प्रहरी र नागरिक तथा आतङ्क प्रतिरोध प्रहरीले उनीहरूविरूद्धको मुद्दामा समन्वय गरिरहेको तथा सम्बन्धित निकायसँगको समन्वयमा अनुसन्धान गरिने रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

सन् १९६२ मा स्थापना भएको ग्रामस मिलिटरी प्लान्टले एके–४७ राइफल उत्पादन गथ्र्यो तर सन् १९९० मा साम्यवादको पतनपछि यसले राइफल उत्पादनको सट्टा पुराना हतियारहरू मर्मत गर्दै आएको छ ।

सन् २००९ मा उत्तर एटलाण्टिक सन्धी सङ्गठन (नेटो) को सदस्याता लिएको अल्बानियाले युक्रेनमाथि रूसले गरेको हमालाको विरोध गर्दै आएको छ भने युरोपेली सङ्घ र अमेरिकाले मस्कोमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : ०१ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल