चेल्सीविरुद्ध लिड्सको सानदार जित « Khabarhub

चेल्सीविरुद्ध लिड्सको सानदार जित


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडसँग चेल्सी पराजित भएको छ ।आइतबार राति भएको खेलमा चेल्सीले लिड्ससँग ३–० को लज्जास्पद हार बेहोरको हो ।

लिड्सलाई जित दिलाउन ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा आरोनसनले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।३७ औं मिनेटमा मोरेनोले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।त्यसपछि खेलको ६९ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई ३–० को जित दिलाए ।

८५औं मिनेटमा १० खेलाडीमा समेटिएपछि चेल्सीको खेलमा फर्कने सम्भावना पनि टाढियो । यसै समरमा क्लबमा भित्रिएका कालिडु कौलिबाली दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै लिड्स दोस्रो स्थानमा उक्लिएको छ ।लिड्सले ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी ३ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : ३३ बजे

पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले