काश्मिरमा भएको सडक दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु « Khabarhub

काश्मिरमा भएको सडक दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको उद्धार सेवाले सिन्ह्वालाई जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै सैनिकहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको पनि अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण हुने गर्दछन् ।

भारी मनसुन वर्षाका कारण उत्तरी पाकिस्तानमा हालैका दिनहरूमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : ०५ बजे

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा

नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक

काठमाडौं – नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक

नेपालगञ्ज पुगे बालेन, स्वागत गर्नेको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेनद्र (बालेन)