काश्मिरमा भएको सडक दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु | Khabarhub Khabarhub

काश्मिरमा भएको सडक दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको उद्धार सेवाले सिन्ह्वालाई जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै सैनिकहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको पनि अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण हुने गर्दछन् ।

भारी मनसुन वर्षाका कारण उत्तरी पाकिस्तानमा हालैका दिनहरूमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १० : ०५ बजे

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम

राखेपद्वारा ‘मिसन २०२६’ मा पाँच खेल थप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय