‘सामाजिक सञ्जालले पुरुष र महिला दुवै डिप्रेसनमा’ « Khabarhub

‘सामाजिक सञ्जालले पुरुष र महिला दुवै डिप्रेसनमा’

‘बोलचालबाट सुरु हुने सम्बन्ध स्वार्थमा पुगेर डरलाग्दो घटना बन्छन्’


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालले कतिपय दम्पत्तिको सम्बन्धमा धेरै खटपट ल्याएको छ । कतिपय अवस्थामा आत्महत्याको स्थिति पनि सिर्जना गरेको चिकित्सकले बताएका छन् । यसै विषयमा आधारित भएर मनोचिकित्सक डा. पशुपति महतसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय सामाजिक सञ्जालले धेरैको जीवनमा प्रभाव पारेको छ, त्यसमध्ये पनि दाम्पत्य जीवनमा धेरै असर पर्यो भन्ने आएको छ, सामाजिक सञ्जालकै कारणले दाम्पत्य जीवनमा कस्तो असर पारेको छ ?
अहिले प्रविधिको विकासलाई सही प्रयोग गर्न नजान्दा सम्बन्ध बिग्रिएका छन् । सामाजिक सञ्जालमा आएका मान्छे सही पहिचान लिएर आएका छन् । सबै भन्न हुँदैन । उनीहरूको वास्तविक इच्छा बुझ्न सकिँदैन । सामाजिक सञ्जालमा विभिन्न ढंगले झुक्याउने गरेको पाइन्छ । यसले सकारात्मक नकारात्मक असर पारेको छ। सामाजिक सञ्जालका सम्बन्धहरू धेरै परिपक्व नभएको कारणले धेरै समस्या ल्याएको छ ।

सामाजिक सञ्जालका कारणले धेरैको दाम्पत्य जीवनदेखि लिएर आत्महत्याको समस्या पनि बढेको पाइयो । तपाईंले त मनोचिकित्सक भएर काम गरेको पनि धेरै भएको छ । अहिलेसम्म कस्तो कस्तो समस्या तपाईं सामु धेरै आउने गरेका छन् ?
सम्बन्धमा आउनेहरु विभिन्न ढंगले प्रभावमा पर्न चाहन्छन् । सम्बन्धमा गए पनि शारीरिक सम्बन्ध भएपछि विभिन्न तस्बिरहरू खिचेर मन नमिले पनि त्यसको दुरुपयोग गरेर समस्या आएको छ । हामीमा धेरै डिप्रेसनको समस्या भएका मानिसहरू आउनु हुन्छ । सम्बन्धको डरले सहन नसकेर आत्महत्यासम्म पुग्ने गरेका छन् ।

श्रीमान्–श्रीमतीले सामाजिक सञ्जाल प्रयोग गर्दा कसरी प्रयोग गरेर र कसको गल्तीका कारणले समस्या उत्पन्न हुने हो ?
एउटा त उनीहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा सेयरका कुराहरू कुन अवस्थामा प्रयोग गर्ने भन्ने कुराको अभावले पनि समस्या भएको छ । त्यसको धेरै सिकार महिला भएका छन् । तर, कतिपय अवस्थामा महिलालाई धम्काएर पैसा लिने केशहरू पनि भेटिन्छ । सामाजिक सञ्जालमा आफूले भनेको जस्तो भएन, भनेको मानेन भने, आफूले चाहेको जस्तो शारीरिक सम्बन्ध भएन भने उसले यो गर्छु, अहिले भिडियो अपलोड गर्छु भनेर आतंकित पारेका छन् ।

 महिलाले भन्दा पुरुषले यस्ता गतिविधि धेरै गर्छन् भनिन्छ यसमा कतिको सत्यता छ ?
पुरुषमा धेरै सामाजिक सञ्जाल चलाउने महिलालाई प्रलोभनमा पार्ने र पछि भनेको भएन भने सम्बन्ध बिग्रेपछि डिप्रेसनमा गएका छन् । कतिपय पुरुषहरू पनि यसको सिकार भएका छन् । पुरुषहरू पनि डिप्रेसनमा गएका छन् ।

यो समस्या आएपछि सम्बन्ध विच्छेद गर्ने र आत्महत्यासम्म गर्ने अवस्थामा पुगेको पाइन्छ। गोपनीयताको ख्याल नगर्नाले पनि यस्तो अवस्था आएको भनिन्छ, गोपनीयता हामीले कसरी कायम गर्न सक्छौँ ?
सामाजिक सञ्जालमा गोपनीयता कायम गर्न हामीले पठाएको तस्बिर भिडियोहरू कसरी कहाँ पुग्छ । अरु मान्छेहरूले त्यसलाई कसरी दुरुपयोग गर्न सक्छन् । त्यो विषयमा धेरै कम मानिस जनकार छन् । ती मानिस पनि कुनै बेला सिकार भएका छन् । अहिले त सिमहरूले पनि दूरसञ्चारले जानकारी दियो भने पनि केही सहयोग हुन्थ्यो होला । अहिले प्रविधिले नै जानकारी दियो भने मानिस ध्यान दिने गर्दछन् । सकेसम्म कसैलाई आफ्नो कुराहरू नदिने, माग्यो भने पनि किन हो के हो ? सबै पत्ता लगाउने, अहिले त सम्बन्धमा आए पनि त्यति पनि विश्वास नगर्ने भन्छन् । त्यसरी भनेको सबै मान्दा आत्महत्यासम्म जानु पर्ने भएको छ।

सामाजिक सञ्जाल प्रयोग गर्न जानेर वा गर्न नजानेर समस्या आए पनि हामीले कसरी समाधान गर्न सक्छौँ ?
त्यो आइसकेको समस्यालाई कम गर्न चाहिँ सकिन्छ । मानिस तनावमा छन् भने त्यो तनाव कसरी हटाउने त्यो तिर लाग्नु पर्दछ । धेरै नै डिप्रेसनमा गयो भने औषधिहरू खाने, सामाजिक सञ्जालमा समस्या आए भने त्यसलाई कसरी चलाउने भनेर बुझ्नु पर्दछ ।

भइरहेको नाता सम्बन्ध नराम्रो नहोस् भनेर हामीले सामाजिक सञ्जाल कसरी चलाउने त ?
सामाजिक सञ्जाल सजिलो हुन्छ । कुरा गर्न कुराहरू पुर्याउन सजिलो हुन्छ । त्यसमा के–के पठाउने भनेर बुझ्नु पर्दछ र सामाजिक सञ्जालमा आएका सबै कुराहरू सत्य हुँदैनन् भनेर हामीले बुझ्नु पर्दछ । कतिपय राम्रा कुराहरू पनि हुन्छन् । राम्रा छन् भने त्यो लिने । नभए नलिने गर्नुपर्छ । आफूले सामाजिक सञ्जाल किन प्रयोग गरेको त्यो थाहा पाउनु अनिवार्य छ । आफूमा भएको प्रतिभा त देखाउन मिल्छ । तर, त्यो पनि कसरी सुरक्षित हुन्छ, त्यो कुरामा ध्यान दिनुपर्छ । त्यसले सबन्धमा समस्या आउन दिँदैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ०० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको