विश्व इतिहासमा आज :  ‘हबिट्स’प्रकाशित देखि ‘वेस्टगेट मल’मा आक्रमणसम्म « Khabarhub

विश्व इतिहासमा आज :  ‘हबिट्स’प्रकाशित देखि ‘वेस्टगेट मल’मा आक्रमणसम्म


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल असोज ५ गते बुधबार। सन् २०२२ को सेप्टेम्बर २१ तारिख। आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१३ सेप्टेम्बर २१ मा केन्याको नैरोबीस्थित ‘वेस्टगेट मल’ मा आक्रमण भएको थियो। चरमपन्थी समुह अल–शबाबका लडाकूहरुले गरेको सो आक्रमणमा ६३ व्यापारीहरु र ४ आतंकवादीहरु मारिएका थिए।

सन् २००३ सेप्टेम्बर २१ मा ग्यालिलियो अन्तरिक्ष मिशनको समाप्ति भएको थियो। सो मिशनमा प्रयोग गरिएको यान जुपिटरको वायुमण्डल प्रवेश गरेपश्चात क्र्याश भएको थियो।

सन् १९९९ सेप्टेम्बर २१ मा टाईवानमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा २४०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने १ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए। सो भूकम्पमा करिब १० बिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको थियो।

सन् १९९१ सेप्टेम्बर २१ मा यूएसएसआरले आर्मेनियालाई स्वतन्त्रता प्रदान गरेको थियो।

सन् १९८१ सेप्टेम्बर २१ मा संयुक्त अधिराज्यले बेलिजलाई पूर्ण रुपमा स्वतन्त्रता प्रदान गरेको थियो।

सन् १९६४ सेप्टेम्बर २१ मा माल्टाले संयुक्त अधिराज्यको अधिनबाट स्वतन्त्रता प्राप्त गरेको थियो। सन् १८१४ मा पेरिस सन्धीअन्तर्गत बेलायतले माल्टालाई आफ्नो अधिनमा लिएको थियो।

सन् १९६१ सेप्टेम्बर २१ मा बोइङ सीएच–४७ चिनूकले आफ्नो पहिलो उडान भरेको थियो। सो अमेरिकी हेलिकप्टरलाई अमेरिकी सेनाले द्वन्द्व सम्बन्धित क्षेत्रमा प्रयोग गर्दै आएको छ।

सन् १९३७ सेप्टेम्बर २१ मा जेआरआर टोल्किन्सको ‘हबिट्स’ पहिलो पटक प्रकाशित भएको थियो।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ३० बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको