अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मोरङमा « Khabarhub

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मोरङमा


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ – जिल्लाको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो।

प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन्। प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ। प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गरे। उनले प्रतियोगिातको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गरे।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ। यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजारसहित ट्रफी प्राप्त गर्ने छन्। खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए। प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुने छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ३२ बजे

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्–