धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेती « Khabarhub

धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकै खेती


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

झापा- भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यति बेला मकै खेती गरेका छन्।

भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकै खेती गर्दै आएको छु ।”

उनले प्रतिबिघा वार्षिक रूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । जसमध्ये तीन बिघा जमिनमा उनले यसपालि बैमासमी मकै लगाएका छन् । उनले पानी नजम्ने अलि डाँडो स्थानमा मकैको खेती लगाउने गरेको बताए।

यादवले एउटै मकैको बोटमा दुई वटासम्म घोगा लाग्ने र प्रतिघोगा रु १५ का दरले बोटबाटै बिक्री गर्ने गरेको बताए। उनले धान पाकेपछि बाँकी जमिनमा समेत हिउँदे मकैको खेती लगाउने बताए। भारतबाट मकै ल्याएर यहाँ व्यापारीहरूले बिर्तामोड, चन्द्रगढी, काँकडभिट्टालगायतका सडक पेटीमा पोलेर बेचिरहेको देखेपछि बेमौसमी मकै खेती आफूले सुरु गरेको उनको तर्क छ । “गर्दा यही हुँदो रहेछ”, उनले भने “व्यापारीले पनि भारत पुग्न नपर्ने र आफ्नो पनि आम्दानी राम्रो हुन्छ । धेरै नसके पनि सबैले उपयुक्त ठाउँको पहिचान गरेर बेमौसमी मकै खेती गर्दा हुन्छ ।”

कृषि ज्ञान केन्द्रका पूर्वप्राविधिक शेषराज पौडेलले तराईको क्षेत्रमा यति बेला लहलह मकै हुनु खुसीको कुरा भएको बताए। उनले असारदेखि कात्तिक मङ्सिरसम्म धानको मौसम भए पनि यादवले गर्दा जे पनि हुँदो रहेछ भन्ने उदाहरण पेश गर्न सफल भएको बताए।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले हिउँदे मकै जिल्लामा ४४ हेक्टर जमिनमा हुने गरे पनि बेमौसमी मकै थोरै किसानले मात्र लगाउने गरेको बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ४१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने